कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।
(क) सभाको निर्णय र निर्देशनहरू कार्यान्वयन गर्ने, गराउने ।
(ख) विश्वविद्यालयको वार्षिक कार्यक्रम, बजेट, प्रगति विवरण, लेखा परीक्षण प्रतिवेदन र अन्य प्रस्तावहरू तयार गरी स्वीकृतिको लागि सभा समक्ष पेश गर्ने,
(ग) विश्वविद्यालयको कोष तथा चल अचल सम्पत्तिको संचालन, रेखदेख र संरक्षण गर्ने,
(घ) सभाको नीति निर्देशनको अधीनमा रही विश्वविद्यालयको चल अचल सम्पत्ति वेचविखन गर्ने, ठेक्का पटृामा दिने आदि काम गर्ने,
(ङ) विश्वविद्यालयद्वारा संचालित कार्यक्रमहरूको समन्वय, रेखदेख, निरीक्षण गर्ने र सोको प्रतिवेदन सभामा पेश गर्ने,
(च) विश्वविद्यालय सम्बन्धी नियमहरूको मसौदा तयार गरी स्वीकृतिको लागि सभामा पेश गर्ने,
(छ) सेवा आयोगको सिफारिशमा विश्वविद्यालयको लागि आवश्यक शिक्षक तथा कर्मचारीहरू नियुक्ति र बढुवा गर्ने,
(ज) विश्वविद्यालयलाई प्राप्त दान, दातव्य, आर्थिक तथा अन्य सहयोग ग्रहण गर्ने,
(झ) विद्यार्थी शुल्क निर्धारण गर्ने,
(ञ) तोकिएबमोजिमको अन्य कार्यहरू गर्ने ।